अन्नपूर्ण म्याराथनको उपाधि पुरुषतर्फ आर्मीका श्रेष्ठ र महिलातर्फ खोटाङकी राईलाई
पाेखरा | जेठ २१, २०८१
पोखरा: चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ अन्तर्गत क्रमशः पुरुष र महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र खोटाङकी निर्मला राईले उपाधि जितेका छन् ।
‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुकको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापनमा अन्नपूर्ण पदमार्गमा सोमबार म्याराथन सम्पन्न भएको हो।
पुरुषतर्फका विजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दूरी चार घण्टा १६ मिनेट २४ सेकेन्डमा पूरा गरे। श्रेष्ठ गत वर्षका उपविजेता हुन्। गत वर्ष सो दूरी उनले चार घण्टा १२ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए।
यसैगरी, दोस्रो भएका सोलुखुम्बुका अर्जुङ कुलुङले चार घण्टा ३५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गरे। उनी पाँच दिनअघि सम्पन्न एभरेस्ट म्याराथनका विजेतासमेत हुन्। तेस्रो भएका जुम्लाका धीरबहादुर बुढाले चार घण्टा ४३ मिनेट ६ सेकेन्डमा दूरी पूरा गरे। बुढा गत वर्षका विजेता हुन्। गत वर्ष उनले चार घण्टा १० मिनेट ५१ सेकेन्डमा दूरी पार गरेका थिए।
यसैगरी, महिलातर्फकी प्रथम राईले पाँच घण्टा ३७ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। आर्मीकी सुनसरी रोका पाँच घण्टा ४५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओखलढुंगाकी छोकी शर्पा पाँच घण्टा ५६ मिनेट ५९ सेकेन्डको दूरी पार गर्दै तेस्रो भए। शेर्पा गत वर्षसमेत तेस्रो भएकी थिइन्।
चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको आयोजक समितिका अध्यक्ष संयोजक ललित गुरुङले जानकारी दिए।
३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ। सोही दिनको अवसर पारी पदयात्रा मार्गमा म्याराथन आयोजना गर्दै आइएको अध्यक्ष गुरुङको भनाइ छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

